बागमारा आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन
पाेखरा | फागुन ९, २०८२
पोखरा: शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जितेको छ ।
फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघलाई १–० गोल अन्तरले पराजित ग¥यो ।
खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो ।
विजेता टोलीले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेताले रु ५० हजारसहित शिल्ड र प्रमाणपत्र हात पा¥यो। प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट आएका ८ महिला क्लबहरूको सहभागिता रहेको थियो ।
पुरस्कार वितरण कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र अधिकारीले महिला फुटबलको प्रवद्र्धन, नयाँ खेल प्रतिभाको पहिचान र स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तारमा प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
महिला खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

